नाडेप लघुवित्तको तेस्रो त्रैमासिक नाफा ५२ लाख
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ लाख २२ हजार पाँच सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले पाँच करोड १९ लाख ८९ हजार ४० रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी ४८ करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्र्रो त्रैमासमा एक अर्ब ८६ करोड १३ लाख ८६ हजार दुई सय रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १६ करोड ९६ लाख ९४ हजार छ सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड ६७ लाख २७ हजार छ सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १० लाख ६३ हजार एक सय ८७रुपैयाँ रहेको संस्थामा तीन दशमलव ८९ प्रतिशत स्प्रेड दर रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले एक अर्ब ७१ करोड ८७ लाख ३३ हजार आठ सय ३६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब पाँच करोड २८ लाख ४३ हजार नौ सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ६६ लाख ७३ हजार पाँच सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा चार दशमलव ९२ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया