Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र दृश्य लाउन्जबीच समझदारी

सिटिजन्स बैंक र दृश्य लाउन्जबीच समझदारी


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नयाँ बानेश्वरस्थित दृश्य लाउन्जबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले कार्डको प्रयोग गरी दृश्य लाउन्जमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ कारोबार बढाउन विभिन्न कम्पनीहरूसँग यस किसिमको सम्झौता गर्दै आएको छ ।

बैंकले देशभर एक सय ८२ शाखा, तीन विस्तारित काउन्टर, एक सय ३९ एटीएम, छ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाईबाट १५ लाख ४० हजार ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया