Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र एरोजिन हेल्थ केयरबीच सम्झौता

कामना सेवा र एरोजिन हेल्थ केयरबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकसँग आबद्ध ग्राहकले काठमाडौंको विशालनगरस्थित एरोजिन हेल्थ केयरमा कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यस्तै, स्किन केयरमा ३० प्रतिशतसम्म, डेन्टल केयरमा २० प्रतिशतसम्म, डे केयरमा १५ प्रतिशतसम्म, फिजियोथेरापीमा पाँच प्रतिशत, ल्याब सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुटहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । यो सम्झौताबाट सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकको विश्वास छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया