Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनाडेप लघुवित्तको नाफा ५२ लाख

नाडेप लघुवित्तको नाफा ५२ लाख


काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ लाख २२ हजार पाँच सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले पाँच करोड १९ लाख ८९ हजार ४० रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी ४८ करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्र्रो त्रैमासमा एक अर्ब ८६ करोड १३ लाख ८६ हजार दुई सय रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १६ करोड ९६ लाख ९४ हजार छ सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा २१ करोड ६७ लाख २७ हजार छ सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १० लाख ६३ हजार एक सय ८७रुपैयाँ रहेको संस्थामा तीन दशमलव ८९ प्रतिशत स्प्रेड दर रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले एक अर्ब ७१ करोड ८७ लाख ३३ हजार आठ सय ३६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब पाँच करोड २८ लाख ४३ हजार नौ सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ६६ लाख ७३ हजार पाँच सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा चार दशमलव ९२ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया