Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुवित्तको नाफा एक करोड १५ लाख

एनएमबी लघुवित्तको नाफा एक करोड १५ लाख


काठमाडौं  । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड १५ लाख तीन हजार पाँच रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ११ करोड २७ लाख ८९ हजार सात सय ५० रुपैयाँ रहेको थियो ।

६५ करोड ५८ लाख ६२ हजार आठ सय ६२ रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ६७ करोड ७७ लाख ११ हजार तीन सय ५२ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ३८ लाख ३९ हजार एक सय ५१ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ९६ लाख १३ हजार ८३ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा ९७ प्रतिशत थियो ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले दुई अर्ब छ लाख ७६ हजार सात सय ८६ रुपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९४ करोड ८७ लाख ३० हजार आठ सय २८ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३५ करोड एक लाख २८ हजार पाँच सय ९१ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया