Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउन्नति सहकार्य लघुवित्तको नाफा ऋणात्मक

उन्नति सहकार्य लघुवित्तको नाफा ऋणात्मक


काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा ऋणात्मक देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ४७ लाख ७० हजार आठ सय ८३ रुपैैयाँ खुद नोक्सानी व्यहोरेको हो । गत आ.व.को सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ७९ लाख ३४ हजार चार सय ६९ रुपैयाँ रहेको थियो ।

हाल चुक्तापुँजी २२ करोड ९० लाख २० हजार छ सय १८ रुपैयाँ रहेको संस्थाले चालु आ.व.को तेस्रो त्रैमासमा एक अर्ब १५ करोड ८६ लाख २५ हजार सात सय ९७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २६ करोड १५ लाख ३५ हजार छ सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ३२ लाख ३६ हजार चार सय २७ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १३ दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर तीन दशमलव २६ प्रतिशत रहेको छ ।

गत आ.व.को सोही अवधिमा भने संस्थाले एक अर्ब १८ करोड ८३ लाख १८ हजार ४४ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५३ करोड १६ लाख ६६ हजार तीन सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ७२ लाख ४३ हजार एक सय ८७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया