Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको नयाँ शाखा वीरेन्द्रनगरमा

नेपाल बैंकको नयाँ शाखा वीरेन्द्रनगरमा


काठमाडौं । नेपाल बैंकको नयाँ शाखा सुर्खेतको वीरेन्द्रनगरमा खुलेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ मा पर्ने यरिचोकमा बैंकको नयाँ शाखा खुलेको हो । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तथा नेपाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्तरूपमा रिवन काटेर नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा मुख्यमन्त्री शर्माले बैंकहरूले शहरमा मात्र केन्द्रित नभई गाउँगाउँमा गएर सेवा दिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री शर्माले यो शाखाले नाफामुखीमात्रै नभएर ग्राहकलाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्ने तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रूपमा विकास गर्दै लैजाने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया