Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र अरोगिन हेल्थ केयरबीच सम्झौता

सिटिजन्स बैंक र अरोगिन हेल्थ केयरबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको विशालनगरमा रहेको अरोगिन हेल्थ केयर प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिनेबारे सम्झौता भएको छ ।

सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले अरोगिन हेल्थ केयरमा सेवा लिँदा ४५ प्रतिशतसम्मको छुट पाउनेछन् । यो सम्झौतापछि बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्न सहयोग मिल्ने विश्वास पनि बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने, समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ ।

बंैकले देशैभरि फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, तीनवटा विस्तारित काउण्टर, एक सय ३९ वटा ए.टी.एम., छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया