Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन एभरेस्ट इन्स्योरेन्सको नाफा २३ करोड सात लाख

हिमालयन एभरेस्ट इन्स्योरेन्सको नाफा २३ करोड सात लाख


काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २३ करोड सात लाख ४८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २१ करोड ६४ लाख पाँच हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब २३ करोड ९९ लाख ३७ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ९५ रुपैयाँ ३६ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया