एम बैंकबाट ‘आईएमई–पे’मा पैसा लोड गर्नेलाई क्यास ब्याक
काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंकमार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आईएमई पेले एम बैंकमार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यास ब्याक दिने भएको हो । सो क्यास ब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रुपैयाँसम्म क्यास ब्याक जित्न सक्ने छन् । क्यास ब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ । यो क्यास ब्याक अफर केही समयावधिका लागि मात्र लागु हुनेछ । केही समययता आईएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौता पत्र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
- पाकिस्तानको रेलवे स्टेसनमा विस्फोटहुँदा १७ जनाको मृत्यु
- गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत : राष्ट्रसङ्घीय अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया