मेटलाइफ नेपालद्वारा ग्रामीण महिला उत्थान केन्द्रलाई सहयोग
काठमाडौं । मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्तरूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरूमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्न सहमत भएका छन् । दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पु-याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ । तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरू हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ । यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महसुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुन्छन् ।
यस सम्झौताअन्तर्गत, मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालाहरूसँग विशेष गरी सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ । यी कार्यक्रमहरूले रोग, यसको प्रभाव र लक्षणहरूबारे जनचेतना जगाउने उद्देश्य राखेका छन् । सम्भावित वाहकहरू पहिचान गर्न र सही उपचार सुरु गर्नको लागि समुदायका मानिसहरूलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिनेछ । मेटलाइफ नेपालले प्रभावित क्षेत्रका मानिसहरूलाई सकारात्मकरूपमा बाँच्न मद्दत गर्न, थप जोखिमहरू न्यूनीकरण गर्न र रोगसँग सम्बन्धित सामाजिक अन्धविश्वास र भेदभाव उन्मूलन गर्न केन्द्रलाई रोगको स्क्रिनिङ, उपचार र प्रभावकारी परामर्शमा पनि सहयोग गर्नेछ । मेटलाइफ नेपालले यस सहायताले थारु समुदायलाई सिकलसेल एनिमियाका बिरामीहरूले सामना गर्ने चुनौतीहरूसँग लड्न थप तयार हुने विश्वास पनि लिएको छ । समयमै सचेतना, रोग जाँच, र उपचारको पहुँचले समुदायको भविष्यका जोखिमहरूलाई न्यूनीकरण गर्न र उनीहरूलाई स्थिरता र आशाका साथ विश्वस्त भविष्य बाँच्न प्रोत्साहित गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया