Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनयाँ सारथी लघुवित्तको तेस्रो त्रैमासिक नाफा एक करोड ९३ लाख

नयाँ सारथी लघुवित्तको तेस्रो त्रैमासिक नाफा एक करोड ९३ लाख


काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ९३ लाख १४ हजार पाँच सय ८१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ५० लाख ५१ हजार चार सय ७० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुुँजी ३० करोड ३३ लाख ९५ हजार दुई सय ६० रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा ९६ करोड ३७ लाख ६५ हजार पाँच सय पाँच रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३४ करोड ४३ लाख ७७ हजार पाँच सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ७२ लाख ४२ हजार चार सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ९८ करोड ३६ लाख ६९ हजार ६३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २३ करोड ४७ लाख २७ हजार तीन सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड २१ लाख ९९ हजार छ सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७६ प्र्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया