Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ३४ विन्दुमा

बजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ३४ विन्दुमा

सातामा आठ अर्ब ९५ करोड ११ लाख छ हजार रुपैयाँको सेयर खरिद–बिक्री


काठमाडौं । यस साता सेयर बजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ३४ विन्दुमा कायम रहेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५५ दशमलव ६२ विन्दुमा सीमित हुन पुगेको छ ।

यस साता धितोपत्र बजारमा दुुई सय ७५ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ५५ हजार एक सय १० पटकको कारोबारमा दुई करोड ८९ लाख ८८ हजार सात सय तीन कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ९५ करोड ११ लाख छ हजार ३६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय ७३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ३३ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ९२ लाख ५७ हजार चार सय ३५ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ९५ करोड २२ लाख ३९ हजार चार सय २७ रुपैयाँ ५८ पैसा पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने पाँचौँ दिन उकालो लागेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

जसमध्ये पहिलो दिन बजार परिसूचक १७ दशमलव ३८ अंकले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ विन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि एक दशमलव ९० अंकले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ विन्दुमा झरेकोे थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक ५३ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ८८ दशमलव ६१ विन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६० दशमलव ७१ विन्दुमा झरेको थियो ।

चौंथो कारोबार दिन पनि बजार परिसूचक पुनः ३८ दशमलव ८३ अंकले ओरालो लागेर एक हजार आठ सय ४९ दशमलव ७९ विन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २८ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ४३ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन भने बजार परिसूचक १६ दशमलव ५४ अंकले उकालो लागेर एक हजार आठ सय ६६ दशमलव ३४ विन्दुमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ६२ विन्दुमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी आदि अगाडि परेका छन् । यसै गरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया