एलिट क्यापिटलद्वारा रिलायबल लाइफको सेयर प्रत्याभूति
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर अन्डरराइटिङ (धितोपत्र प्रत्याभूति) गरेको छ । बुधबार एलिट क्यापिटल र रिलायबल लाइफबीच यससम्बन्धी सम्झौता भएको हो । एलिटले रिलायबलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो ।
सम्झौतामा रिलायबल लाइफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय १२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता दुई सय १२ रुपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो ।
बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रहेको छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम पुँजी दुई अर्ब पु¥याउनका लागि ६० करोड बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया