Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवातावरण दिवसमा सिटिजन्स बैंकको ‘बृहत् वृक्षरोपण’

वातावरण दिवसमा सिटिजन्स बैंकको ‘बृहत् वृक्षरोपण’


काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत् वृक्षरोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार काठमाडौंको शान्तिनगरमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत् वृक्षरोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिब दुई सय ५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेर कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवम् मठ मन्दिरहरूमा सहयोग गर्दै आएको छ । बैकले हाल देशैभर फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४० वटा एटीएम छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिव १५ लाख ७२ हजार ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया