नबिल बैंकको ‘नबिल दिगो घर कर्जा’
काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व वातावरण दिवस जुन ५ तारिखको अवसरमा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको बैंकले जनाएको छ । आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको सुरुवात गरेका हुन् । उनले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यो कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पु-याउने बताए । समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैंकले दिगो बैंकिङ क्षेत्रमा गरेको विभिन्न कार्यहरूको बारेमा प्रकाश पारेका थिए ।
साथै, बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा सुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारणा राखे । उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पु-याउने विश्वास गरेका छन् । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति थियो ।
नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकलाई लक्षित गरिएको छ । यस स्किमले देशको आवास निर्माण क्षेत्रभित्र वातावरणमैत्री र सामाजिकरूपमा जिम्मेवार अभ्यासहरू प्रवद्र्धन गर्ने विश्वास बैंकले लिएको छ । दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरणमैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखेको बैंकको भनाइ छ ।
वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यस योजनाअन्तर्गत आवास कर्जा लिन सक्नेछन् । बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरूले बैकको आधारदरमा मात्र एक प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन् भने स्थिर ब्याजदर चाहने ग्राहकहरूले सात वर्षको लागि वार्षिक १० दशमलव ४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् । सातवर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरूले सात वर्षको लागि वार्षिक १० दशमलव ४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्षपश्चात्को आधारदरमा एक दशमलव पाँच प्रतिशत जोडी हुने ब्याजदरमा प्राप्त गर्न सक्नेछन् ।
साथै, यस स्किमअन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने एक वर्षलाई दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइनेछ । यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिनेछ । यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गइरहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने छ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामग्रीहरूजस्तै, सिएफएल, एलईडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै, इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनुपर्ने उल्लेख छ ।
यो कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिई वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न तथा यस बैंकबाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भई सकेको घरमा वातावरणमैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मतसम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्नेछन् । यस कर्जा उपयोग गर्ने प्रक्रिया अन्य घर कर्जाजस्तै सरल हुनेछ । न्यूनतम कर्जा सीमा सात लाख रुपैयाँदेखि अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया