Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवा, यूएसआईडी र शिखर इन्स्योरेन्सको सहकार्य

इ–सेवा, यूएसआईडी र शिखर इन्स्योरेन्सको सहकार्य


काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवाले यूएसआईडी र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घरबिमा सुविधा ल्याएको छ । हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुनेछ । साथै, अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्ने छन् ।

यस योजना इ–सेवाको मोबाइल एपभित्र रहेको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवामार्फत सजिलै घरबिमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बिमा नीतिअनुसार एक करोडसम्मको बीमा हुने यस योजनामा वार्षिक पाँच सयदेखि ४५ सय रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ । बीमा मूल्य घरको विश्वसनियता र मूल्य निर्धारणबाट तय हुनेछ । यस योजनामा सहभागी हुन घरधनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इ–सेवा एपमार्फत अपलोड गर्नुपर्नेछ ।

इसेवाले यसअघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाइमा लागु हुने गरी इ–सेवा केयर सञ्चालनमा ल्याइसकेको छ । हाल इ–सेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन् । यसै गरी देशभर रहेका दुई लाख बढी एजेन्टमार्फत अप्रत्यक्षरूपमा डेढ करोडभन्दा धेरै जनसंख्याले सेवा लिइरहेका छन् । इ–सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सुविधाको भुक्तानी गर्न सकिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया