Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु लाइफको वार्षिक साधारणसभा

प्रभु लाइफको वार्षिक साधारणसभा


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौँमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कम्पनीले २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको छ । सभाले समूह ‘क’ संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौथो वार्षिक साधारणसभाबाटै सञ्चालकमा रहँदै आएका छन् । सभाले नौ दशमलव ८० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १० दशमलव ३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ । सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच १ः१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ । साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया