Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटल र सजिलो पेबीच सम्झौता

एनआईसी एसिया क्यापिटल र सजिलो पेबीच सम्झौता


काठमाडौं । एनआइसी एसिया क्यापिटलले ‘आईडिया टु आईपिओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सोही सेवा अन्तर्गत बालुवाटार ४, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेस प्रा.लि.लाई संस्थागत परामर्श सेवा, प्राईभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आईपीओ जारी गर्ने चरणमा पु-याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिनेसम्मको सेवा प्रदान गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेस प्रा.लि.बीच मिति २०८० साल जेष्ठ २५ गते दुई पक्षीय सम्झौता भएको छ ।

सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक (पिएसपी) कम्पनी हो । जसबाट छिटो र सुरक्षित रुपमा अनलाइनमार्फत् बिल भुक्तानी गर्न सकिन्छ । हाल सजिलो पे मोबाइल एप प्रयोगकर्ताहरुले सहज र सुरक्षित रुपमा मोबाइल रिचार्ज, टपअप, दैनिक उपयोगिताका बिल भुक्तानी, आन्तरिक तथा बाह्य टिकट बुकिङ्ग, बीमा र ईएमआई भुक्तानी, नवीकरण, विद्युतको महसुल भुक्तानीलगायतका अन्य कारोबारको भुक्तानी गर्नुपर्ने रकम अनलाईनमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । साथै भुक्तानी गर्दा क्यासब्याक समेत उपलब्ध गराउँदै आइरहेको छ । सजिलो पेले आगामी ३ वर्षभित्र प्रयोगकर्ताको संख्या १० लाख पु¥याउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया