Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफको साधारणसभा

महालक्ष्मी लाइफको साधारणसभा


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारणसभा काठमाडौंको धुम्बाराहीस्थित होटल अकामा शुक्रबार सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र मर्जर बारेमा जानकारी गराएका थिए । अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गर्यो । सभामा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने, गाभे पछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” कायम हुने, दुबै कम्पनीको शेयर अनुपात १ः१ कायम गरी गाभ्ने/गाभिने, दुबै कम्पनी एक आपसमा गाभ्दा÷गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायित्वको मुल्याड्ढन गर्न नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

कार्यक्रमको अन्त्यमा सञ्चालक उमेशलाल श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेपछि साधारण सभा सम्पन्न भएको थियो । कम्पनी सचिव कमल पन्थीले संचालन गरेको कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुबै कम्पनी मर्ज भई एकीकृत कारोबार सम्पन्न हुने जानकारी कम्पनीले गराएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया