Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक र केएफसीबीच सम्झौता

माछापुच्छ्रे बैंक र केएफसीबीच सम्झौता


काठमाडौं । माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफसी आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि बाट सञ्चालित रहेको छ । जसअन्तर्गत केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेटहरू सञ्चालनमा छन् ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपालमा आबद्ध भएका केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेटहरूमार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएस मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढीमा एक सय ८० रुपैंयाँ) सम्मको क्यासब्याक पाउन सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते, २०८० सम्म प्रदान गर्नेछ ।

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु-याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ । यसरी नै माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्वनमा सघाउ पुग्दै आईरहेको छ ।

बैंकले हाल देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३३ शाखारहित बैंकिङ्ग सेवा, दुई सय चार वटा एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया