Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल पुनर्बिमा कम्पनीद्वारा वार्षिक साधारणसभा आह्वान

नेपाल पुनर्बिमा कम्पनीद्वारा वार्षिक साधारणसभा आह्वान


काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही असार १५ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा १२ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब रुपैयाँमध्येबाट चार दशमलव ७५ प्रतिशतले हुन आउने ५८ करोड १० लाख ४३ हजार सात सय ५० रुपैयाँको दरमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार सात सय ५० रुपैयाँ पुग्ने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया