Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्युआर कोड भएको आधुनिक चन्दा बाकस वितरण

सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्युआर कोड भएको आधुनिक चन्दा बाकस वितरण


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेशअन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवीघाट, नुवाकोटस्थित श्रीजल्पादेवी मन्दिरलाई क्युआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ ।

बिहीबार एक समारोहका बीच देवीघाट शाखाले स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डङ्गोल र बाँकी सदस्यहरू, बैंकका कर्मचारीलगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकहरूका बीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत जल्पादेवी मन्दिरलाई चन्दा बाकसको चाबी हस्तान्तरण गरेको छ । यसमा भौतिक नगद वा क्युआर कोड वा फोनपे एपमार्फत मन्दिरमा दान गर्न सकिन्छ । सिटिजन्स बैंक परिवारसहित देवीघाट शाखाको यस सहयोगको लागि अधिकांश सहभागीहरूले सम्मान र प्रशंसा व्यक्त गरेका छन् ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् यस्ता कार्यक्रमहरू प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बैकंले आगामी दिनहरूमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरू अगाडि बढाउने योजना रहेको जनाएको छ ।

बैंकले हाल देशैभर फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४० वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

अर्ली चाइल्डहुड डेभलमेन्ट सेन्टरलाई सहयोग
यसैबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ ।

No description available.

बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाकी संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समारोहका बीच सो सामग्री हस्तान्तरण गरको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउँदै सोही उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनलले सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवम् मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया