Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा रंगेली अस्पताललाई पोस्ट अपरेसन मनिटर वितरण

सिटिजन्स बैंकद्वारा रंगेली अस्पताललाई पोस्ट अपरेसन मनिटर वितरण


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताललाई दुईवटा पोस्ट अपरेसन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजका लागि फ्रिज प्रदान गरेको छ । यही जेठ २६ गते सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड प्रदेश कार्यालय विराटनगरमार्फत रंगेली अस्पातलाई एक समारोहका बीच सामान प्रदान गरेको हो ।

कार्यक्रममा रंगेली नगरपालिकाका नगरप्रमुख दिलीपकुमार अग्रवाल, उपप्रमुख भूमा पराजुली, रंगेली अस्पताल विकास समितिका अध्यक्ष साथै अन्य अस्पताल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यसका साथै सिटिजन्स बैंकले डिल्लीबजारस्थित कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्थीहरूलाई पठनपाठनमा सजिलो होस् भन्ने उद्देश्यले प्रोजेक्टर प्रदान गरिएको बैंकले जनाएको छ ।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता कार्यक्रमहरू प्रदेशका अन्य शाखामार्फत सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बैंकले आगामी दिनहरूमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरू अगाडि बढाउने योजना रहेको जनाएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४० वटा एटीएम. छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया