Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल र एसियन पेन्ट्सबीच सम्झौता

नबिल र एसियन पेन्ट्सबीच सम्झौता


काठमाडौं । नबिल बैंक लिमिटेड र एसियन पेन्ट्स नेपाल प्रालिबीच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य भएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्ट्सका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नबिलका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत विनय रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्ट्सका प्रमुख वित्त अधिकृत समीर श्रेष्ठका साथै एसियन पेन्ट्सका अन्य कार्यकारीहरूको पनि उपस्थिति थियो ।

यस सम्झौताअन्तर्गत एसियन पेन्ट्स नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् । च्यानल फाइनान्सिङका प्रमुख आकर्षणअन्तर्गत आप्mना वितरकहरूलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यवसायीहरूको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जासमेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।

च्यानल फाइनान्सिङका सन्दर्भमा एसियन पेन्ट्स नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकसँग आबद्ध हुने एसियन पेन्ट्सका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए । उनले व्यवसाय विस्तारको लागि आवश्यक पुँजी बैंकमार्फत पाउने बताए । यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनअनुरुप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खातामार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया