Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवा र नबिलबीच भुक्तानी सम्झौता

इ–सेवा र नबिलबीच भुक्तानी सम्झौता


काठमाडौं । इ–सेवा मनी ट्रान्सफर लिमिटेड र नबिल बैंकबीच रेमिटेन्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत अब विदेशबाट इ–सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका दुई सय ५५ शाखामध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यस सम्झौताबमोजिम अब विदेशमा रहेका नेपालीहरूले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नेछन् । सम्झौता पत्रमा इ–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन् । इ–सेवा मनी ट्रान्सफरले इ–सेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया