Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकका ग्राहकलाई छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरूले संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले आदर्शनगर, वीरगञ्जमा अवस्थित औरा इलेभेनका सेवाहरूमा अधिकतम १५ प्रतिशत छुट पाउने छन् । त्यस्तै, कन्चनरुप सप्तरीमा अवस्थित एमडी हेल्थ केयर हस्पिटलका सेवाहरूमा अधिकतम १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । त्यस्तै, बोदेबर्साइन सप्तरीमा अवस्थित बोदेबर्साइन लाइफ केयर पोलीक्लिनिकका सेवाहरूमा अधिकतम १७ प्रतिशतसम्म छुट पाउने छन् भने कावासोती, नवलपुर अवस्थित कालीगण्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरूमा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकको भनाइ छ । बैंकले देशभर फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४० वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया