Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकद्वारा क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक

एनआईसी एसिया बैंकद्वारा क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक


काठमाडौं । डिजिटल बैंकिङमा देशको अग्रणी बैंकको रूपमा स्थापित एनआईसी एसिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधासहितको क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ । डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पु¥याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० असार मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुन सक्ने बताइएको छ । देशभर दुई लाखभन्दा बढी मर्चेन्टमाझ उपस्थिति जनाइसकेको यस बैंकले क्यूआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीसँगको समझदारीमा पहिलोपटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीमार्फत आकर्षक लाभको व्यवस्था गरेको छ ।

यस योजनाअनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट दुई हजार बराबरका १० वटा ह्याम्पर, ट्रिकोट इन्डस्ट्रिजको तर्फबाट पाँच–पाँच हजार बराबरको एक सयवटा भौचर, हार्ड रकम क्याफेको तर्फबाट १० वटा ननभेज बार्बी क्युको भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान राइस कुकुर, ब्र्रेकफास्ट मेकर तथा ह्यान्ड ब्लेन्डर र सिजी डिजिटलको तर्फबाट एक–एक थान मिक्सर ग्रिन्डर, इन्डक्सन कुकर तथा ड्राइ आइरनको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

साथै, बैंकले ट्रयाङकुलिटी स्पाको तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका चारवटा भौचर, हुकुट स्टोरको तर्फबाट छवटा घडी एवं दुईवटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजारका पाँचवटा भौचर, अपटाउन रेस्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको पाँचवटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका तीनवटा भौचर प्रदान गर्नेछ । यसरी उपलब्ध फाइदाहरू बैंकले २०० मर्चेन्टहरूलाई निजहरूको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन् । यसै योजनाअनुसार बैंकले राखेको फोन पे क्यूआर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्यूआर भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले एकपटक वा पटकपटक गरी दुई सयभन्दा माथिको भुक्तानी लिँदा कुल एक सय रुपैयाँ क्यासब्याक प्राप्त हुनेछ ।

बैंकको क्यूआर मर्चेन्ट बन्न चाहने इच्छुक व्यवसायी तथा कम्पनीहरूले बैंकको वेबसाइटभित्र एप्लाई नाउ आइकनमा ट्याप गरी उपलब्ध विकल्पहरूमध्ये बिअ मर्चेन्टबाट अनलाइन आवेदन दिन सक्नेछन् । मुलुकमा भुक्तानीको माध्यम बिस्तारै नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच बैंकको यस मर्चेन्ट प्रोत्साहन योजनाले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

एनआईसी एसिया मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंक हो । मुलुकभर बैंकले तीन सय ६० शाखा कार्यालयहरू, चार सय ७३ एटीएम, एक सय नौवटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौं ठूलो योगदान रहेको कम्पनीमध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया