ज्योति क्यापिटलको सञ्चालकमा उप्रेती नियुक्त
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको सञ्चालकमा अविनास उप्रेती नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३० औं बैठकले उक्त कम्पनीको रिक्त रहेको सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गरेको हो । उनी ज्योति विकास बैंकबाहेकका अन्य संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । स्नातकोत्तर तह (एमबीए)को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका उप्रेती २०८० जेठ २९ गतेदेखि लागू हुनेगरी क्यापिटलको सञ्चालकमा चयन भएका हुन् ।
नव–नियुक्त सञ्चालक उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । क्यापिटलले हालसम्म नेपाल सरकारलाई ३६ लाख ७५ हजार कर दाखिला गरिसकेको छ । हरेक ग्राहकहरूको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्ने गरी पूर्ण सञ्चालनमा आउने क्रममा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया