Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक र प्याब्सनबीच सम्झौता

माछापुच्छ्रे बैंक र प्याब्सनबीच सम्झौता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ । बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरूपमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सोमबार राजधानीको होटल याक एन्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवम् निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का तर्फबाट अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को सहकार्यमा सञ्चालन हुने उक्त वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताउँदै पछिल्लो समयमा ग्राहकमा चेतनाको कमी र सामान्य त्रुटिका कारण पनि ठूलाठूला वित्तीय अपराधहरू भइरहेकोले विद्यालयस्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरूले विद्यार्थी मात्र नभएर उनीहरूका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष एवम् गैरआवासीय संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरूको पाठ्यपुस्तकमा बैंकिङ शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरू समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिकभन्दा पनि व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गानाले प्याब्सनले आफ्नो शैक्षिक क्यालेन्डरमा समेत बैंकिङ शिक्षालगायतका विषयहरूलाई समावेश गरेको जानकारी गराउँदै माछापुच्छ्रे बैंक र प्याब्सनबीचको सम्झौताले बैंकिङ शिक्षालाई गाउँगाउँसम्म पु¥याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गइरहेका डिजिटल अपराधहरूलाई न्यूनीकरण गर्न निकै ठूलो भूमिका खेल्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले अहिले बैंकिङ उद्योगको मुख्य चुनौतीको रूपमा रहेको डिजिटल अपराधलाई कम गर्नका लागि बैंकले प्याब्सनसँग सहकार्य गरेको जानकारी गराउँदै उक्त सम्झौताको माध्यमबाट बैंक अझ बृहत्रूपमा आम जनमानसमा सचेतना जगाउन सफल हुने र यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि अझ प्रभावकारीरूपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)सँग सम्बद्ध व्यक्तिहरू तथा बैंकका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले स्वागत मन्तव्य राखेका थिए । उक्त सम्झौतापश्चात् प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामूलक कार्यक्रमहरू देशव्यापीरूपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफूसँग आबद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया