Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिजिटल बैंकिङसम्बन्धी कार्यशाला

डिजिटल बैंकिङसम्बन्धी कार्यशाला


काठमाडौं । फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्मचारीहरूलाई एक दिने कार्यशाला सञ्चालन गरेको छ । असार १ गते शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

कार्यशालाका स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा रहेका थिए । उनको कार्यपत्र नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो । पहिलो सत्रमा डिजिटल बैंकिङ ड्राइभर र डिजिटल इको सिस्टम इन नेपालसम्बन्धी प्रस्तुतीकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैकिङसम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतीकरण, तेस्रो सत्रमा सेटिङ अप डिजिटल बैकिङ प्रस्तुतीकरण साथै डिजिटल बैकिङसम्बन्धी केस स्टडिज र सहभागीहरूबाट प्रस्तुतीकरण रहेको थियो । यस्तो कार्यशाला नेपालमै पहिलोपटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलनराज नेपालीले जानकारी दिए । नेपालीका अनुसार वर्कसपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

No description available.


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया