Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई पेको एयरलाइन्स टिकटमा क्यासब्याक अफर

आईएमई पेको एयरलाइन्स टिकटमा क्यासब्याक अफर


काठमाडौं । आईएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै आईएमई पेमा ‘क्यासब्याकको वर्षा’नामक अभियान सार्वजनिक गरेको छ । असार तीन गतेदेखि आईएमई पेले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गरेको जानकारी दिएको छ ।

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६बजेसम्म कुनै पनि एयरलाइन्सको टिकट काट्दा दुई सय रुपैयाँ क्यासब्याक पाउने छन् । सो समयभित्रमा एयरलाइन्सको टिकट काट्नु हुने ग्राहकले प्रोमोकोडहरूको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउने छन् । यो अफर असार नौ गतेसम्म मात्र जारी रहने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया