बैंकर्स संघ र युएसएडबीच सम्झौता
काठमाडौं । नेपाल बैंकर्स संघ र युएसएडको ट्रेड एन्ड कम्पिटेटिभनेसबीच सम्झौता भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष सुनिल केसी र युएसएडको टे«ड एन्ड कम्पिटेटिभनेसका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेकी हुन् ।
सम्झौताअनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरूको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरूमा संवाद सञ्चालन गर्नुका साथै नीतिगत मुद्दाहरू र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालासँग छलफल गरी उनीहरूको क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिनेछन् । प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशितामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।
बैंक तथा वित्तीय संस्थाबीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकिङ कारोबारसँग सम्बन्धित नीति तथा पद्धतिमा एकरूपता कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूको एउटा साझा संस्थाको रूपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो । त्यसैगरी युएसएडको टे«ड एन्ड कम्पिटेटिभनेस परियोजना व्यावसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवालगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायसँगको सहकार्यमा अघि बढाइएको परियोजना हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया