Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाको बोनस सेयर सूचीकृत

कामना सेवाको बोनस सेयर सूचीकृत


काठमाडौं । कामना सेवा विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । बैंकको २०८० साल वैशाख ३१ गते सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट सेयरधनीहरूलाई आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट चुक्ता पुँजीको चार दशमलव ४१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेबमोजिम उक्त बोनस सेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरूमा एक सय ३४ वटा शाखा, एउटा विस्तारित शाखा र २१ शाखारहित बैंकिङ सेवा तथा ७६ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ मोबाइल बैंकिङ, सि आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया