समृद्धि फाइनान्सको नयाँ शाखा औरहीमा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले महोत्तरीको औरहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार आफ्नो १० औं शाखा औरहीमा उद्घाटन गरेको हो । औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्का र समृद्धि फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्तरूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा, औरही नगरपालिका वडा नं. १ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग वाणिज्य संघका प्रमूख श्रवण चौधरी र औरही नगरपालिकाको मेयर प्रदीप कुमार खड्का लगायतले बैंकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना दिए । उक्त नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल १० वटा पुगेको छ । फाइनान्सले यसै हप्ता थप दुईवटा नयाँ शाखा उद्घाटन गर्ने योजना रहेको जनाएको छ । फाइनान्सको आईपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरू सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जाल गायतका कर्जा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया