Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकद्वारा प्याड एटीएम हस्तान्तरण

सनराइज बैंकद्वारा प्याड एटीएम हस्तान्तरण


काठमाडौं । देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरूको सशक्तीकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरू तथा कार्यरत महिलाहरूलाई लक्षित गरी प्याड एटीएम प्रदान गरेको छ । हाल विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा उनीहरू विद्यालय जान हिचकिचाउने देखिन्छ । यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरूमा अटोमेटेड प्याड भेन्डर मेसिन प्रदान गरेको हो । एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअपसहितको उक्त मेसिनले छात्राहरू तथा विद्यालयमा कार्यरत महिलाहरूलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले बताएको छ ।

बैंकले आज एक कार्यक्रमका बीच काठमाडौंको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड एटीएम र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । बैंकका सहायक महाप्रबन्धक श्री हरिप्रसाद आचार्यले, सीएसआर प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक श्रीमती शिवकुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । साथै बैंकद्वारा ललितपुर एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको थियो । यसैगरी देशका विभिन्न ठाउँमा प्याड एटीएम प्रदान गर्ने क्रममा बैंकले मोलुङ, किन्जा, डुम्रे, देउराली, बाग्लुङ, वालिङ, कावासोती, बर्दिबास, तेह्रथुम, वीरेन्द्रनगर लगायतका ठाउँहरूमा उक्त मसिनहरू हस्तान्तरण गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया