Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविवाह उत्सवमा रिलायवल लाइफको उपहार

विवाह उत्सवमा रिलायवल लाइफको उपहार


काठमाडौं । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती या अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ ।

बीमा पोलिसी उपहारको रूपमा प्रदान गर्ने प्रचलन भित्रिँदै आएको छ । बर्दिया जिल्लाको मधुवन नगरपालिका ८ बस्ने बलबहादुर थापा मगर र कर्नीकुमारी सिजाली मगरको जोडीले आफ्नो छोरा बिहान थापा मगरलाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले भविष्यमा चाहिने पढाइ खर्चको व्यवस्थापनको लागि पाँच लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

हरेक आमाबुबाको सपना छोराछोरीको उज्वल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस् भन्ने मूल्याङ्क गरी पनि बच्चाको बीमा बेलैमा गर्दा राम्रो हुने बलबहादुर थापा मगरले बताए । उनले आफ्नो छोरा बिहान थापा मगरलाई रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी भुरीगाउ शाखा कार्यालयकी अभिकर्ता (सिनियर ऐजेन्सि मेनेजर) प्रमिला ढकालको सहकार्यमा भुरीगाउँ शाखाका शाखा प्रमुख मोहनबहादुर बोहराले घरमै गइ बीमा पोलिसी हस्तन्तरण गरेका थिए ।

कम्पनीले सुबिधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लसमा बच्चाको बीमा गर्दा आमा अथवा बावुको लागि पनि अतिरिक्त लिन मिल्ने सुबिधाहरु रहेका छन् । जसमा घातक रोग सुबिधा, अशक्त अपागं भत्ता सुबिधा, साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको ब्यक्तिले पाउने सुबिधा छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया