Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि क्षेत्रको विकासका लागि सहज च्यालेन्ज फन्डको प्रयास

कृषि क्षेत्रको विकासका लागि सहज च्यालेन्ज फन्डको प्रयास

वातावरणमैत्री व्यवसायको गर्न विनाब्याज ५० लाख रुपैयाँसम्म रकम दिने


काठमाडौं । सहज च्यालेन्ज फन्डले वातावरणमैत्री व्यवसायको लागि ५० लाख रुपैयाँसम्म रकम अनुदान दिने भएको छ । फन्डले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रकम आयोजना र रकम अनुदानको लागि आवेदन आह्वान गरेको हो । ‘फण्ड–४ र ५ अन्तर्गत नवीनतम नयाँ उत्पादन विकास र गुणस्तर सुधार तथा पर्यावरणीय र वातावरणीय पहलसम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आह्वान गरेका हौ’, फण्डका तर्फबाट नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) का टिम लिडर रिमा श्रेष्ठले भनिन् ।

सहज च्यालेन्ज फन्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्य श्रृङ्खलामा विद्यमान अवरोधहरू समाधान गर्न चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पाँचाँै चरणमा पर्यायवरणीय तथा वातावरणीय पहलका सेवाहरु प्रदान गर्ने सेवा प्रदायकहरुलाई सहयोग गर्नेछ ।

कार्यक्रममा नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) का टिम लिडर श्रेष्ठले स्विस कोन्टाक्ट, एनएएमडीपी, सहज च्यालेन्ज फन्ड र कोशी प्रदेशमा कृषि सेवा प्रावधान बढाउन सहज च्यालेन्ज फन्डको महत्वको बारेमा जानकारी दिइन् । श्रेष्ठले च्यालेन्ज फण्डको पहिलो राउण्ड ला·जिस्टिक्स र दोस्रो राउण्ड डेरीमा कसरी केन्द्रित छ भन्ने बारेमा पनि जानकारी गराइन् । एनएएमडीपीकी कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले उत्पादन विकास तथा गुणस्तर सुधारद्वारा सुधारिएको कृषि गतिविधिका बारेमा जानकारी दिइन ।

श्रेष्ठले पनि यस राउण्ड–४ ले प्रशोधित खाद्य पदार्थको माध्यमबाट उत्पादन विविधीकरणलाई कसरी सहयोग गर्ने भन्ने बारेमा जानकारी गराएकी थिइन् । उनका अनुसार उत्पादन निर्माण र गुणस्तर सुधारको लागि परामर्श सेवाहरू प्रदान गर्ने कम्पनीलाई समर्थन गर्नेछ । यसैगरी एनएएमडीपीका गैरकृषि सेवा प्रबन्धक ब्रजेश मल्लले कृषि क्षेत्रमा विद्यमान चुनौतीहरुको व्याख्या गर्दै जलवायु र वातावरणीय पहलहरुको दिगो समाधानको विषयवस्तुमा जानकारी दिए । मल्लले च्यालेन्ज फन्डले जलवायु र वातावरणीय रूपमा दिगो अभ्यासहरूमा सहयोग गर्ने कम्पनीहरूको प्रकारमा स्पष्टता ल्याए । परियोजनाका उत्पादन विकास तथा गुणस्तर सुधार विज्ञ दिप्ताङ्शु थापाले नेपालको सान्दर्भिक चुनौती र सम्भावित समाधानका बारेमा बताए । परियोजनाका पर्यायवरणीय तथा वातावरणीय पहलहरुका विज्ञ विपीन थापाले सहज च्यालेन्ज फन्डले नवप्रवर्तनको माध्यमबाट दिगो परिवर्तन ल्याउने बारेमा जानकारी गराए । सहज च्यालेन्ज फण्डले पाँच लाखदेखि ५० लाख रुपैयाँसम्मको रकम सहयोग गर्नेछ । प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरि सहयोग रकम तोकिनेछ ।

सहज च्यालेन्ज फन्डको चौथो चरणमा उपकरण तथा मेसिनेरी खरिदका लागि सहयोग दिइने छैन भने पाँचौं चरणमा सहज च्यालेन्ज फन्डबाट प्राप्त हुने सहयोगबाट तीन सय पाँच उपकरण तथा मेसिनेरी खरिदका लागि प्रयोग गर्न सकिनेछ । यस च्यालेन्ज फण्डका लागि २०८० साउन ७ सम्म आवेदन दिन सकिनेछ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मूल्यांकन गरिनेछ र सफल आवेदकलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिनेछ । आवेदकको मागअनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोगमार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवाहरुमा पहुच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण र आर्थिक मूल्य– प्रवर्धनमा योगदान पु-याउने लक्ष्य राखेको जानकारी पनि फन्डले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया