Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल इन्भेस्टमेन्ट र श्रीनगर एग्रोबीच सम्झौता

नबिल इन्भेस्टमेन्ट र श्रीनगर एग्रोबीच सम्झौता


काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडबीच सम्झौता भएको छ । दुवै संस्थाबीच संस्थागत परामर्श सेवाअन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनको कार्य गर्ने, कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धताजस्ता समन्वयकारी÷सहयोगी भूमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो । सो सम्झौतापत्रमा श्रीनगर एग्रिटेककोतर्फबाट प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेस्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेका छन् । सार्वजनिक निष्काशनका लागि कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ ।

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले विगत दुई दशकदेखि कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा कार्य गर्दै आएको छ । कृषि क्षेत्रमार्फत अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको यस श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले हाल तीन सयभन्दा बढी व्यक्तिलाई रोजगारी दिनुका साथै पाँच हजारभन्दा बढी कृषकलाई प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा जोडेको छ । फार्म, फिड तथा फुडको एकीकृत व्यापार विस्तार गर्दै आएको श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको टङ्गालमा रहेको छ भने लुम्बिनी प्रदेशको पाल्पा तथा रुपन्देहीमा उद्योग अवस्थित रहेको छ । यस कम्पनिको उत्पादन हाल ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया