Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफको तालिम

नेसनल लाइफको तालिम


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा प्रिएमडीआरटी सम्मान तथा बृहत् अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको हो । ‘रन फर इन्कम चेज योर एमडीआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरूसँग आबद्ध भई बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले सम्पन्न गरिएको सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरेका थिए ।

सो अवसरमा उपस्थित करिब सात सय जना अभिकर्तालाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैं अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथासक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु-याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धताअनुसार यो कार्यक्रम काठमाडौं, नेपालगञ्ज, धनगढी, पोखरामा सम्पन्न गरिसकेको र यसैको निरन्तरताअनुसार दमकमा गर्न लागिएको जानकारी गराएका थिए । कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमनकुमार राईले सञ्चालन गरेकोे सो समारोहमा समयभन्दा अगावै एमडीआरटीको लक्ष्य पूरा गरिसकेको दमक शाखाअन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लाबारी शाखाका अभिकर्ता एलिसा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान गरेका थिए । कार्यक्रममा सहभागी अभिकर्ताहरूले अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए । कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्र कुमार बाछाना राईको सभापतित्वमा सम्पन्न भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया