प्राइम कमर्सियल र फोन पेको वित्तीय साक्षरता
काठमाडौं । प्राइम कमर्सियल बैंक र फोन पेको सहकार्यमा दोलखाको जिरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त सहकार्यमा जिरी नगरपालिकामा विद्युतीय वित्तीय साक्षरता कार्यक्रमअघिल्लो महिना सम्पन्न गरेको बैंकले ढिलोगरी जानकारी दिइएको छ ।
सुरक्षित एवं सहज तरिकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न एवं अन्य सुरक्षाको उपायहरू अवलम्बन गर्नेजस्ता विभिन्न पक्षलाई समेट्दै जिरीमा विद्यार्थी, शिक्षक तथा जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारणलाई साक्षरता कार्यक्रमको आयोजना गरिएको बैंकको भनाइ छ । प्राइम कमर्सियल बैंक लिमिटेड र फोन पेको संयुक्त आयोजना र सहकार्यमा सञ्चालित उक्त विद्युतीय वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन जिरी नगरपालिकाका नगरप्रमुख मित्रबहादुर जिरेलबाट भएको र उक्त कार्यक्रममा उपप्रमुख श्रीमती कृष्णमाया बुढाथोकी, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धुँजु, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेत, तारादल गण प्रमुख शेरबहादुर बस्नेत, बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ, सहायक महाप्रबन्धक सुरेशमान सिंह, फोन पे चिफ बिजनेस अफिसर सुमित दास, तथा बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया