Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारणा जनतासम्म पु-याउन आयोजित आठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा यही असार ८ र ९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजित आठौैं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो । नेपालजस्तो विकासशील राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकको दाबी छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीनवटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया