Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको ११ औं शाखा कसहामा

समृद्धि फाइनान्सको ११ औं शाखा कसहामा


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा आफ्नो ११ औं शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतो रसंस्थाका सञ्चालक दुर्गा थापाले संयुक्तरूपमा गरेका हुन् ।

कार्यक्रममा प्रमुख महतोले आफ्नो नगरपालिकाको विकासशील बजारको रूपमा रहेको कसहा बजारमा कुनै पनि बैंकको सुविधा नरहेको अवस्थामा यहाँको जनताले दुःख र असहजता भोग्दै आएकोमा अब बैंकिङ सेवासुविधाको लागि गोलबजार र धनगढी बजार जानुपर्ने दुःखबाट मुक्त भएकोमा सम्पूर्ण जनतालाई बधाई दिँदै आफ्नो शाखा विस्तार यहाँ गरिदिएकोमा संस्थालाई सम्पूर्ण नगरवासीको तर्फबाट धन्यवाद प्रकट गरे ।

कार्यक्रममा धनगढीमाई नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, कसहा बजार समितिका अध्यक्षलगायत अन्य व्यवसायीले समेत आफ्नो कुरा राख्दै अन्य विभिन्न बैंक तथा वित्तीय संस्थालाई शाखा खोल्न अनुरोध गर्दासमेत बेवास्ता गरिदिनाले अहिलेसम्म यहाँका कृषक, व्यवसायी, कर्मचारी, विद्यार्थी तथा अन्य जनताले समेत दुःख पाइरहेको गुनासो गर्दै यहाँको जनताको आर्थिक उन्नतिको लागि आफ्नो शाखा विस्तार गरिदिएकोमा हर्षित हुँदै धन्यवाद प्रकट गरे ।

संस्थाको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी गराएका थिए । नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल ११ वटा पुगेको छ ।संस्थाको निःशुल्क मोबाइल बैकिङ, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिट्यान्स, आईपीएस, कनेक्ट आईपीएस, क्लियरिङ, आरटीजीएएसलगायतका सेवाहरू सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया