प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको काउन्टर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक्सटेन्सन काउन्टरको मंगलबार समुद्घाटन गरेका हुन् । शाखा कार्यालय नक्सालमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद÷चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम सेवालगायतको रकम जम्मा गर्न सकिने छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सक्ने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे । उनले बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए । कार्यक्रममा ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा आशा सिंह, टेकप्रसाद राई, दिपक थापा, सुदिप गिरी, टेकबहादुर तामाङ, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरू, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, शाखा कार्यालय नक्सालका शाखा प्रबन्धकलगायत वरिष्ठ प्रहरी अधिकृतहरू तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातवटै प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ७२ वटा शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्युआरकोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेल, (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने यूएसएसड मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया