Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाविरुद्ध प्रधानमन्त्रीको टिप्स कस्तो

कोरोनाविरुद्ध प्रधानमन्त्रीको टिप्स कस्तो


काठमाडौं,बैशाख १०
बितेका केही दिनयता देशभित्र संक्रमितका बढ्दो संख्या र छिमेकी देशमा महामारीको रूप ग्रहण गरिसकेको आवस्थाका बारे चासो र चिन्ता तीव्र भैरहेको छ । यो कसैका पनि घरआँगन छेउछाउ नै प्रकट भैरहेको अवस्थाले पनि यस्तो चासो बढाएको हुनुपर्छ । त्यही सन्दर्भमा प्रधानमन्त्रीको कोरोनासँग लड्ने वा जोगिने भनी दिइएका टिप्सहरू आए । कतिपय अवस्थामा भ्रम दिनेखालका रहेका भनी विज्ञहरूले अनावश्यक बहस गर्न परिरहेको छ ।

गएको चैतको अन्त्यतिर प्रधानमन्त्रीले कोरोनाका लक्षणहरू कस्ता हुन्छन् र तिनबाट कसरी जोगिने भनी मुलुकका सातै प्रदेशका मुख्य मन्त्रीहरूलाई सार्वजनिकरूपबाट जानाकारी गराएका थिए । एक त देशका प्रधानमन्त्रीले बताएको कुरा र अर्को प्रदेशका मुख्यमन्त्रीले कार्यान्वयन वा अबलम्वन गर्नुपर्ने भन्ने भएपछि स्वाभाविक छ, यसले आम तहमा प्रभाव पार्ने नै भयो । त्यसैकारण होला सामाजिक सञ्जालमा यसले धेरै नै ठाउँ पनि पायो ।

त्यो बेला प्रधानमन्त्री ओलीले कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने उपाय के–के हुन् भनी मुख्यमन्त्रीहरूलाई सुझाएका थिए र मुख्यमन्त्रीमार्फत आम नागरिकलाई पनि हुने नै भयो । त्यसलाई सरकारले नै सार्वजनिक गरको थियो । यस्ता टिप्स सार्वजनिक भएपछि आम चासोमा पनि आयो र ट्वीटर र फेसबुकमा भाइरल पनि भयो । स्वाभाविक पनि हो, मुलुकको प्रधानमन्त्रीले व्यक्त गरेका यस्ता संवेदनशील विषयका कुरामा सबैको चासो रहन्छ नै । त्यसबेला प्रधानमन्त्रीले यो भाइरस भनेको निर्जीव तत्व हो, यो निर्जीव तत्वमा जुन बोसो हुन्छ, त्यसले जीवित तत्वको रूपमा सक्रिय गराइदिन्छ भनेका थिए । तर, धेरैले यसलाई जीवित मानेका छन् ।

प्रधानमन्त्रीको अर्को टिप्स वा भनाइ थियो, यो तातोपानी खाने, बाफ लिने ग¥यो भने ठीक हुन्छ । प्रधानमन्त्रीको यो भनाइ पनि विज्ञसँग मिल्दैन । विश्व स्वास्थ्य संगठनले समेत ७२ डिग्री कमको तातोपानीले कोरोना भाइरसलाई निर्मुल पार्छ भन्ने कुरा प्रमाणित नभएको भनी किटान नै गरेको छ । विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित चिकित्सकका अनुसार पनि प्रधानमत्रीले भनेजस्तो रुघाखोकीको औषधिका रूपमा लिइने बाफले कोभिड–१९ को संक्रमणबाट बच्न सकिन्छ भन्ने प्रमाणित तथ्य छैन ।

प्रधानमन्त्रीको अर्को टिप्ससमा यसबाट बच्न चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने भन्ने थियो । यसका बारे पनि कोरोना भाइरसबारे फैलिएका मिथ्यालाई चिर्नका लागि विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको सामग्रीले नै गलत साबित गर्छन् । त्यसमा अहिलेसम्म आइसक्रिम खाँदा कोरोना भाइरस फैलिन्छ भन्ने कुराको कुनै प्रमाण न भेटिएको जनाइएको छ ।

त्यस्तैमा पर्छन्, प्रधानमन्त्रीले भनेको तातोपानीले मुख धुने हात धुने, यो ठूलो विधि हो, भाइरस छ भने तातोपानीले हात धुनेबित्तिकै त्यसको बाहिरी लेयरमा बोसो हुन्छ, त्यो त निर्जीव हो, मर्ने हैन, त्यो समाप्त हुन्छ भन्ने कुरा पनि । सरकारको सञ्चार माध्यामले चाहिँ यता मिनेट मिनेटमा भनिरहेको कुरा प्रधानमन्त्रीले भनेनन् । साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात मिचिमिची धोएमा यो भाइरसको संक्रमणबाट जोगिन सक्ने कुरा हो यो, जो अब सबैले पालना गर्छन् । त्यस कारण पनि प्रधानमत्रीको भाइरसविरुद्धको यो टिप्स कस्तो हो भन्ने प्रश्न उठेको हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x