आर्थिक मन्दीको संकेत देखिन थालेको हो ?
काठमाडौं । प्रधानन्त्रीले देशको आर्थिक अवस्थामा व्यापक सुधार आएको भनी संसद्मा जानकारी गराइरहेकै बेला केही सूचकांकले भने देशमा व्यापक तहको मन्दी चलिरहेको संकेत गरेको छ । अहिलेको सरकार सातौं महिनामा चलिरहेको छ । गएको पुस १० मा यो सरकार गठन भएको थियो । त्यही महिनाको २६ गते संसद्बाट विश्वासको मत लिँदा यो सरकारलाई ९९ प्रतिशत सांसदको समर्थन थियो । त्यसलगत्तै फागुनमा अर्को परिस्थिति खडा भएर चैतमा नै फेरि विश्वासको मत लिइयो । त्यसमा पहिलेको जस्तो त आएन तर बलियो बहुमत भने देखिएको थियो । यस्तो पृष्ठभूमि भएको सरकारले असार १० मा छैटौं महिना पूरा गरेर सातौँमा प्रवेश गरेको हो । यही क्रममा सरकारले आफ्नो आधा वर्षको कार्यविवरण संसद्मा पेस गर्दै देशको आर्थिक अवस्था सुदृढ रहेको भनी प्रधानमन्त्रीले दाबी गरेका हुन् । विदेशी मुद्राको सञ्चितिलगायतका विषयहरूको उदाहरण दिँदै उनले यस्तो दाबी गरे पनि अरू विवरणहरूले मन्दीतर्फ मुलुक जान लागेको औँल्याएका छन् ।
राष्ट्र बैंकको हालै सार्वजनिक भएको देशको आर्थिक अवस्था र गतिविधि जनाउने एउटा अध्ययन प्रतिवेदनले चालू आर्थिक वर्षको पहिलो छ महिनाको आर्थिक गतिविधि सन्तोषजनक नरहेको देखाएको हो । त्यसमा देशभरिकै उद्योगका क्षमताको उपयोगलाई आधार मानिएको छ, जुन सन्तोषजनक त छैन नै एक प्रकारले मन्दी चलिरहेको भन्नुपर्ने अवस्था देखिन्छ । अध्ययनले तत्काल अर्थात् अध्ययन भएको समयमा देशैभरिका उद्योगले आफनो क्षमताको औषत् पाँच दशमलव २३ प्रतिशत उपयोग घटेको देखिएको बताएको छ । त्यसको कारण भन्दै यो अध्ययन प्रतिवेदनले दर्जनजति अवस्थिति बताएको छ । जसमा देशभित्र आर्थिक गतिविधिमा सुस्तता आउनु, बजार माग घट्नु, कच्चा पदार्थको मूल्य बढ्दै जानु, प्राविधिक/दक्ष जनशक्तिको उपलब्धता र स्थिरता नहुनु, नयाँ प्रविधि भित्र्याउन ठूलो लगानी आवश्यक पर्नु र बैंकको ब्याजदरमा स्थिरता नहुनुजस्ता विषय महत्वपूर्ण मानिएका छन् । यीमध्ये कुनै एउटा कारण पनि क्षमताको उपयोग हुन नसक्नेमध्येमा पर्याप्त हुन्छ भने यी सबै कुरा एकैचोटि र समानरूपले नै विद्यमान रहे । अध्ययनले चालू आर्थिक वर्षको पहिलो छ महिनामा उद्योगहरूको क्षमता उपयोग औषत् ४३ दशमलव सात प्रतिशत कायम रहेको बताइएको छ । क्षेत्रगतरूपले हेर्दा सुुदूरपश्चिम र कर्णालीका उद्योगहरूको क्षमता सबैभन्दा बढीे उपयोग भएको अवस्था छ भने मधेश प्रदेशमा सबैभन्दा कम रहेको छ । क्षमताको बढी उपयोग गर्ने उद्योगहरूमा बिजुली उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ९३ दशमलव १९, चकलेट उद्योगको ८५ दशमलव ५९ र प्रशोधित चियाको क्षमता उपयोग ८५ दशमलव ३९ प्रतिशत रहेको प्रतिवेदनले भनेको छ ।
सर्वसाधारणमा अत्यधिक उपभोग हुने खाद्यान्नलगायतका वस्तुको क्षमता उपयोग भने विगतको भन्दा सामान्य रहेको देखिएको छ । कुनै पनि उद्योगले आफ्नो क्षमताको उपयोग गर्न नसक्नु भनेको कतै न कतै त्यसको सम्बन्ध बजारसँग पनि जोडिने हुन्छ । बजार कम हुनु भनेको आर्थिक गतिविधि घट्नु हो । विज्ञका अनुसार जनताको क्रयशक्ति घट्दै गएको अवस्थामा पनि यो स्थिति आउँछ । यतिबेला त कर्जाको अवस्था पनि घटेको छ । गएको पुससम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा १३ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ कर्जा दिएका थिए । अघिल्लो वर्षको यही समयको तुलनामा यो कर्जा अर्थात् लगानी छ दशमलव नौ प्रतिशतले कम हो । यी विवरणले देशको आर्थिक गतिविधि खस्कँदै गएको देखाउँछ । यो पक्षमा प्रधानमन्त्रीको दृष्टि पुगेन कि ?
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया