कोरोनाविरुद्ध शक्ति केन्द्रित हुनुपर्ने ठाउँ
काठमाडौं,बैशाख ११
चीनबाट सुरु भएको कोरोना कहर व्याप्त नभएको देश कुन होला भनी खोज्न नसकिने भइएको छ । यो क्रममा चीन त्यसबेला सर्वथा नयाँ थियो र के गर्ने के नगर्ने भन्ने सन्दर्भमा उसका अभ्यासहरू सर्वथा मौलिक हुनगए जो स्वाभाविक पनि थियो । ती प्रभावकारी नभएका भए निकै नै ठूलो जनधनको क्षति हुने थियो तर यो रोग सरुवा हो र एउटा मान्छेबाट अर्कोमा सर्ने प्रकृतिको हो भनी उसले छिटै स्वीकारेको कारण पहिलो देश भए पनि त्यति ठूलो क्षति हुन पाएन । उसले अवलम्बन गरेको राजनीतिक पद्धतिले पनि त्यसलाई नियन्त्रयामा लिने भन्नेमा चीन प्रभावित भयो जसरी युरोप अमेरिका हुन सकेनन् । यतिबेलाचाहिँ यसको रोकथामको लागि संसारभरि भएका प्रयोगहरू उपलब्ध छन् त्यसकारण यसको रोकथाममा सजिलो पर्न गएको छ । खाँचो हो त्यसको इमानदारीपूर्वक प्रयोग हुनु । यतिबेला संसारले अवलम्बन गरेका लकडाउनको प्रविधि वा प्रयोग पनि चीनबाटनै आएको हो भन्ने फेरि दोहो¥याऊ ।
यतिबेलासम्म नेपाल एकप्रकारले सुरक्षितजस्तो थियो । विदेशबाट आएकहरूमा मात्र यसको संक्रमण फेला पार्दै थिए । तर, अबचाहिँ के हो, के भन्ने ठाउँमा पुगेको अवस्था छ । खासगरी उदयपुरको संक्रमितहरूको संख्या र प्रकृतिबाट । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) विस्तार हुने क्रममा विभाजन गरेका चरण नेपालमा प्रवेश गरेको हो कि भन्ने संकेत प्रकट हुन थालेको छ । यदि यस्तै हो भने वास्तवमा नै आज जे संख्या छ त्यसको विस्तारमा अबका दिनहरू बित्ने देखिन्छ । अन्यत्र त्यस्तै भएका थिए । त्यसै कारण यसको प्रकृति विश्वव्यापी भएको भनिएको होे । विश्व स्वास्थ्य संगठनले कोरोनाको पहिलो चरणमा अन्य देशबाट आएका संक्रमित, दोस्रोमा विदेशबाट आएका व्यक्तिबाट आफ्न्त र नजिकका नातेदारमा सर्ने, तेस्रो समुदायमा फैलिएको, विदेश पनि नगएको र विदेशबाट आएका व्यक्तिसँग सिधै सम्पर्क नभएको अवस्था र चौथो महामारी देशभर फैलिएको अवस्थालाई भनेको छ । छिमेकी देश भारतमा यतिबेला तेस्रो चरणमा प्रवेश गरेको मानिएको छ । भारत नेपालको खुला सीमा भएको ठूलो देश हो । त्यो देशमा एउटा धार्मिक समुदाय यो रोग फैलाउन कारक मानियो । अर्थात् सानो संख्य यदि सावधानी अपनाइएन भने यसलाई विस्तार गर्न पर्याप्त हुनेरहेछ भन्ने यो उदाहरण पर्याप्त हो जो नेपालमा पनि कायम भै सकेको छ ।
उदयपुरको घमटना विदेशबाट आएका भन्दा उनबाट सरेकाबाट फेरि यता सरेका अर्थात् एक जनाबाट समुदायमै अर्कोमा सरेको जस्तो देखियो प्रारम्भिकरूपमा । यसको अर्थ हो, यसले धेरै नै सतर्कता खोज्छ । पहिले उपत्यकाको घना बस्ती पनि एउटाबाट दोस्रोमा सरेको अवस्थामा देखिएको थिएन । त्यसकारण व्यवस्थापनमा त्यति चुनौती खडा भैसकेका थिएनन् । उदयपुरको घटना त्यस्तो रहेन । अर्को यसको दुःखद पक्ष हो यो केही दूर्गम जिल्लामा गयो । दुर्गम यसकारणले कि यो ठाउमा न परीक्षाण न उपचामरनैहुन्छ । सबै कुरा अन्यत्र लानुपर्ने अवस्थाले झनै अप्ठ्यारो पर्न जाला तर जे भए पनि कम्तीमा यतिबेला एउटा संकेत देखिएको छ, समुदायतिर सरेको हो कि भन्ने । त्यसो हो भने पनि यसको परीक्षणदेखि सबै कुरामा राज्य यो ठाउँमा केन्द्रित हुन आवश्यक छ । त्यसलाई यो जिल्ला र त्यसमा पनि प्रभावित क्षेत्रमा सीमित गराउन सकियो भने तत्कालका लागि ठूलो उपलव्धी हुन्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- राजनीतिकोे उतारचढावमा सेयरबजार
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
- लेबनानमा युद्धविराम घोषणा
- सहकारी नियमन गर्न तीन महिनाभित्र बनाउनु पर्ने निकाय गठनको काम कहाँ पुग्यो?
- डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता रहेका उद्योग सञ्चालकहरुको घरमा प्राधिकरणको लाइन काट्ने तयारी
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया