काठमाडौं । देशका नागरिकलाई जब आफ्नो बलबुताभन्दा बाहिरको आपत् आइलाग्छ, त्यतिबेला उसले सामूहिक प्रयासबाट समस्या समाधान गर्न खोज्छ । तर सामूहिक प्रयासबाट पनि काम नभएपछि उसले राज्यको साहारा खोज्ने गर्छ । जनताले खोजेको बेला राज्य उपस्थित हुनुपर्छ । भएन भने त्यस्तो राज्यको काम हुँदैन । यस्तो विपत् सधैँ आइपर्ने पनि होइन र विपत् सधैँ एकैनासको पनि हुँदैन । कहिले भूकम्प आउँछ त कहिले बाढीपहिरोको प्रकोप आउँछ, कहिले आफ्ना बालीनालीमा रोग लाग्छ । कहिले अतिवर्षा र कहिले खडेरी तथा कतियप अवस्थामा त डढेलोसमेतले मान्छेको दैनिकी र गुजारालाई प्रभाव पार्ने गर्छ । यी विपत्का विभिन्न रूपहरू हुन्् । तर राज्य भने एकै प्रकारले विपत्को सामना गराइदिने गरी उपस्थित हुनुपर्छ । त्यसमा यो वा त्यो बाहानामा यताउता गर्न पाइँदैन । उत्तरदायी राज्यले जनताको जस्तोसुकै विपत्बाट पनि जनतालाई जोगाउनैपर्छ । तर हामीकहाँ न नागरिकका पीडा हेरिन्छ र न सुनिन्छ । त्यसमाथि निमुखाहरूको कुरा त झनै सरकार सुन्नै मान्दैन ।
पछिल्लो समय खासगरी दूर्गम क्षेत्रका किसानमा एउटा ठूलो विपत् आएको छ । उनीहरूले सोच्दै नसोचेको र देख्दैनदेखेको रोगले धमाधम आफ्ना घरपालुवा पशुहरू मरिरहेको छ । गोठ शून्यमा परिणत हुँदैछ तर यहीबीचमा जिल्लामा रहेका पशु स्वाथ्य चौकीमा पुग्दा सामान्य सुझाव दिने कर्मचारी एवं प्राविधिकहरू समेत नभेटिएको गुनासो किसानहरूको छ । यो सन्दर्भ हो देशैभर फैलिएको लम्पी स्किन रोगको । विगतको दुई महिनादेखि व्याप्त भएको यो रोगबाट धेरै ठूलो क्षति भइसकको छ । खासगरी गाईभैँसीमा फैलिएको यो लम्पी स्किन महामारीका कारण ग्रामीण भेगका किसानहरूले खर्बभन्दा बढी हुने गरी नोक्सानी व्यहोर्नु परेको तथ्याङ्क आइरहेका छन् । किसानहरू यस्तो समस्यामा पर्दा समेत सरकारले कुनै प्रयास गरेको पाइएन । स्थलगत रिपोर्टले नै यो रोग यतिबेला सतहत्तरमध्ये ७६ वटा जिल्लामा फैलिसकेको उल्लेख गरेको छ । यसको फैलावट यति छिटो गतिमा भइरहेको छ कि जुन आम मानिसको कल्पनाभन्दा धेरै छ । अहिले जतात्यतैको किसानको एउटै चाहना भनेको अहिले समस्याको बेलामा सरकारले सहयोग गरोस् भन्ने छ । किसानले यो रोगको नियन्त्रण तथा रोकथाम होस् भन्ने चाहना राखेका छन् । नेपाल पशु चिकित्सा परिषद्ले समेत सम्बन्धित निकायको ध्यान तानिरहेको छ । यो भनेको स्थिति झन्झन् भयावह हुँदै जानु हो ।
विज्ञका अनुसार रातदिनका दरले झन्झन् व्यापक हुँदै गएको यो रोगको समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६ हजार पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने प्रक्षेपण गरिएको छ । यो भनेको झण्डै एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने परिषद्ले गरेको एक अध्ययनले देखाएको छ । यो भनेको प्रत्यक्ष नोक्सानी हो । अप्रत्यक्षको हिसाब योभन्दा धेरैगुणा ठूलो आउने अवस्था छ । जस्तो दूधको अभाव हुन्छ भने पशुपालनलाई पेसा बनाएका किसान उनका परिवारसमेत पूरै बेरोजगार हुन्छन् । नोक्सानको यो रकम नेपालको आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको करिब सात दशमलव दुई प्रतिशत हुन आउने हुन्छ । एउटा गरिब किसानले व्यहोर्नु परेको नोक्सानीको यस्तो अङ्क सामान्य होइन । अध्ययनकर्ताहरूको भनाइ छ, नेपालको अहिलेको वास्तविकता र परिवेशअनुसार अध्ययन गर्दै जाँदा त्योभन्दा माथि नै क्षति भएको देखिने छ । यहीँ हो राज्य छिटोभन्दा छिटो उपस्थित हुनुपर्ने । त्यसैले सरकारले किसानको यो समस्यालाई सम्बोधन गर्दै यो रोगको रोकथामका लागि गम्भीर भएर लाग्नुपर्ने देखिएको छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया