काठमाडौं । सुन तस्करीको इतिहासमा अहिलेसम्मकै ठूलो मात्रामा पक्राउ परेको सुनका कारोबारी छिमेकी दुईदेश चिनियाँ र भारतीय व्यापारी भएको करिबकरिब पुष्टि भयो । उनीहरूले नेपाली नागरिकको प्रयोग गरेका थिए । व्यापारीले सामान आयात गरेको कम्पनीको दर्ता पनि नेपालीको नाममा नै थियो । गएको चारमहिनाअघि दर्ता भएको फर्मका नाममा यसअघि पनि पटकपटक वस्तु आयात भएका थिए भन्ने जानकारी पछिल्लोपटकको सुन काण्डपछि खुलेको छ । जतिपटक जे वस्तु आए पनि ती भण्डारण गरिएको ठाउँ पनि एउटै थियो । यसले यो काम कति योजनाबद्धरूपले चलिरहेको रहेछ भन्ने बुझाउँछ । करिब एक अर्बको सुन आयात गर्ने फर्मका मालिक भने सामान्य ज्यामी रहेछन् । उनले दिएको जानकारीअनुसार त्यसबेला तीस हजार रुपैयाँ लिएर यो फर्म दर्ता गरिदिएको अर्थात् दर्ता गर्न अनुमति दिएका रहेछन् । त्यसपछिको तीनचार महिनाको अन्तरमा तीन दर्जनपटक सामान आयात भएको रहेछ । त्यसबारे स्वयम् फर्मका मालिक भने बेखबर थिए । यसले यो सञ्जाल कति ठूलो र कति योजनाबद्ध रहेछ भन्ने बुझाउँछ ।
तस्करी हुन लागेको सुन फेला प-यो, राष्ट्रिय ढिकुटीमा गयो । यो एउटा राम्रो पक्ष हो तर एकैखेपमा सय केजी सुन तस्करी भएर आएको, भन्सार गेट पारभइसकेको, संयोगले मात्रै पक्राउ परेको भन्नेजस्ता विवरणहरू आइरहेका छन् । यसले नेपालको परिचय नै बदल्ने खतरा बढाएको अवस्था छ । भन्सार क्षेत्र १२/१३ वटा निकायका प्रत्यक्ष निगरानीमा चल्ने हुन्छ । त्यसमध्ये एउटा राजस्व अनुसन्धान विभाग काठमाडौंको सिनामंगल क्षेत्रबाट योे एक सय किलोभन्दा धेरै सुन बरामद भएको थियो । सुन र त्यसलाई डिब्बाबन्द गर्दाको कुल तौल एकसय पचपन्न केजीको रहेको पाइयो । जानकारी राख्ने सम्बद्ध सूत्रका अनुसार पक्राउ परेको तीन दिनअघि क्याथे प्यासिफिक एयरबाट कार्गाेमार्फत यो सुन आएको थियो । नेपालमा बसेर सुनचाँदीको संगठित तस्करी गर्दै आएका छिमेकी देश चीन र भारतीय नागरिकले ल्याएको अनुमान भए पनि अझै यो गिरोहको सम्पूर्ण पर्र्दाफास हुन सकेको छैन । रकमको हिसाबले पनि यो एक अर्बभन्दा बढीको हुन आउँछ । यसको अर्थ हो कथंकदाचित यति रकम डुबेको अवस्थामा पनि यसका कारोबारीलाई कुनै क्षति पुगेकोजस्तो हुने छैन भन्ने सन्देश गएको अवस्था छ अहिले । यो भनेको तस्करीको धेरै ठूलो जालो हो, जसले देशको परिचयलाई नै बदनाम गर्छ ।
यो सुन तस्करी काण्डमा राजनीतिक वृत्त पनि चर्चामा आएको छ । कतिपयले राजनीतिक संरक्षणन भई यस्तो सम्भव नहुने पनि बताइरहेका छन् । सम्बन्धित कर्मचारीको मिलेमतो नभई यस्तो सम्भव नहुने त छँदै छ, कतै नेताको पनि संलग्नता त छैन भन्ने आशंका उब्जिएको छ । यसअघि नौ किलो सुनमा नेतृत्वको संलग्नता देखिने कुरा बाहिर आएका थिए । त्यसबारे अध्ययन नहुँदै त्यसको दश/बाह्र गुणा ठूलो तस्करीकाण्ड प्रकट भएको छ । त्यसकारण अब यी दुवै घटनाको गम्भीरतापूर्वक अध्ययन हुन जरुरी छ । विगतमा पनि सुन तस्करीमा कुनै न कुनैरूपले राजनीतिक क्षेत्र मुछिने गरेको थियो । त्यसले पनि तस्करीधन्दा प्रोत्साहित भएको हुनुपर्छ । अब भने त्यसको जरो नै समात्ने गरी अनुसन्धान होस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया