Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपर्यटनको क्षति पूर्ति गर्ने केही प्रस्ताव

पर्यटनको क्षति पूर्ति गर्ने केही प्रस्ताव


अंग्रेजी नयाँ वर्ष प्रारम्भसँगै फैलिएको कोरोना भाइरसको महामारी यतिबेला विश्वव्यापी भैसेको छ । कति मुलुकमा यो व्याधि पुग्यो भन्ने भन्दा पनि यो व्याधि नलागेको वा नपुगेको मुलुक कति र कहाँ होलान् भन्ने पक्षबाट हेर्नुपर्ने भएको छ । अहिले सार विश्व नै लकडाउनमा छ भन्दा पनि फरक नपर्ला । मानिसको आवतजावत रोकिँदा अर्बको संख्यामा मान्छे प्रत्यक्ष प्रभावित भएको मानिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले यसअघि नै यो महामारीले सबैभन्दा बढी होटल तथा उड्डयन क्षेत्रलाई प्रभाव पार्ने भनी बताएको थियो । यतिबेला उसले भनेजस्तै संसारभरि नै आन्तरिक आवतजावत ठप्प भइरहेको अवस्था छ भने सबै उडान, पर्यटक आवागमन, घुमफिरजस्तो काम रोकिएका छन् । आईकाओको प्रक्षेपणले सन् २०२० सेप्टेम्बरसम्म हवाइ यात्रुको संख्यामा एक अर्ब २० करोडले कमी आउने बताएको छ । तर, अवस्था यो संख्या झनै बढ्लाजस्तो छ कोरोना भाइरसको विस्तारको अवस्था हेर्दा ।

यो वर्षलाई लक्षित गरेर नेपालको पर्यटन क्षेत्रमा धेरै लगानी गरिएको थियो । यसले नेपाल थप नोक्सानीमा परेको छ । यो कुनै व्यक्तिको कारणले नभएको हुँदा यसलाई साझा मान्नुपर्छ तर उक्सने बाटो पनि खोज्न जरुरी छ । नोक्सानी भैसकेको अवस्थामा यसबाट सकेसम्म कम क्षति हुने उपाय के हुन सक्छ भन्ने पनि खोज्न जरुरी छ । उपाय नभएका होइनन् । यही सन्दर्भमा चेम्बर अफ कमर्शले केही नयाँ कुरा प्रस्ताव गरेको भन्ने जानकारी बाहिर आएको छ । सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनपर्छ । त्यस्तो सुझावमा आन्तरिक पर्यटन कोरोनाको प्रभाव कम हुनेबित्तिकै अघि बढाउनु आवश्यक छ र यसका लागि सरकारले अनिवार्यरूपमा वर्षको एक पटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरू र आम नागरिकहरूलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणका लागि प्रेरित गर्न र निजी क्षेत्रलाई पनि प्याकेजहरूमार्फत केही छुट दिएर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने वातावरण बनाउन प्रस्ताव भएको छ ।

सुझाव मान्दा फाइदा हुन्छ भने त्यसलाई अवलम्बन गर्दा हुन्छ नै । यही सन्दर्भमा पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रले पनि ‘कस्ट टू कस्ट’ बेसिसमा होटललगायत अन्य पर्यटकीय सुविधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्नेगरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनुपर्ने प्रस्ताव आएको छ । यो भनेको नीजी क्षेत्रको पनि साझेदारी हुनु हो । चेम्बरको सुझावमा पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखी अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमनसमेत गर्ने भनिएको छ । हवाइ जहाज, बस, कारसहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, ¥याफ्टिङ, बञ्जी, प्याराग्लाइडिङ, साइक्लिङ, बोटिङ, हात्ती सफारीलगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमितरूपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महसुस गराउन सकिने । यसो गरिँदा क्ष्ति भएको पर्यटन क्षेत्रलाई केही हदसम्म उठाउन सकिन्छ । यसबारे पनि सरकारले सोच्न जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x